खुल्ने समय: आईतबार देखि बिहिबार ( १० बजे देखि ५ बजे सम्म - माघ १६ गते देखि कार्तिक १५ गतेसम्म र १० बजे देखि ४ बजे सम्म - कार्तिक १६ देखि माघ १५ गतेसम्म ) र शुक्रबार ३ बजे सम्म

सुदूरपश्चिम प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय

डडेल्धुरा

परिचय

History

साबिक महाकाली अञ्चल डडेल्धुरा जिल्ला कार्यक्षेत्र रहने गरी जिल्लामा सिंचाइ पुर्वाधार निर्माण गरी कृषि उत्पादन र कृषि उत्पादकत्व बृद्वि गर्न वि.२०४४ सालमा जिल्ला सिंचाइ कार्यालयको नामबाट यस कार्यालयको स्थापना भएको थियो । यस कार्यालयको नाम वि..२०५९ सालमा सुदूरपश्चिमाञ्चल सिंचाइ विकास सव डिभिजन नं. २ डडेल्धुरा राखियो । वि..२०७२ सालमा सिंचाइ विकास डिभिजन डडेल्धुरा राखियो । देश संघिय गणतान्त्रिक राज्य घोषणा पश्चात वि..२०७५ सालमासंघीय संरचना अनुसार सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय कैलाली अन्तर्गत डडेल्धुरा जिल्लाको सिंचाइ तथा नदी नियन्त्रण क्षेत्र हेर्ने गरी जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय डडेल्धुरा स्थापना भयो ।

Mission

·       सिंचाइ योजनाहरूको निर्माण गरी वर्षैभरी भरपर्दो सिंचाइ सुविधा पुर्याउने ।

·       सिंचाइको विकास तथा व्यवस्थापन र जलउत्पन्न प्रकोप न्यूनिकरण तथा व्यवस्थापन गर्ने ।

·       जल उत्पन्न प्रकोपबाट हुने मानव बस्ती, कृषी योग्य जमिन तथा निर्मित बिकासका पूर्वाधारहरुको संरक्षण गर्ने ।

·       जलस्रोतको एकीकृत, बहुउद्देशीय एवं दीगो उपयोग, संरक्षण तथा व्यवस्थापन ।

·       नदी व्यवस्थापनबाट जोखिम रहित उकास जग्गाको समुचित उपयोग गर्ने ।

Vision

·       एकिकृत जलस्रोत व्यवस्थापनको माध्यमवाट सन्तुलीत, स्थिर तथा दिगो आर्थिक विकास हासिल गर्ने ।

·       जलस्रोत तथा सिंचाइ संरचनाहरुको उचित विकास, मर्मत संभार तथा व्यवस्थापन गरी कृषियोग्य भुमिमा बर्षै भरी दिगो एवं भरपर्दो सिंचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिबि निवारणमा टेवा पुर्याउने ।